१५ औं ईमेज अवार्ड अन्यौलमा

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७०, शुक्रबार

२९ कात्तिक, म्यूजिकखबर
काठमाडौं । मंसिर १ मा हुने भनिएको १५ औं इमेज अवार्ड यतिखेर अन्यौलमा परेको छ । आसन्न संविधानसभाको निर्वाचन र नेकपा–माओवादीको ३३ दलीय मोर्चाले गरेको यातायात बन्दका कारण इमेज अवार्ड अन्यौलमा परेको हो । निर्वाचनको मिति अर्थात आगामी मंसिर ४ गते पछाडी अवार्ड वितरणको अर्को समय तोकीने पनि आयोजकले जनाएको छ । २० विधाका श्रष्टाहरुलाई प्रदान गरिने ईमेज अवार्ड निर्णायक मण्डल र एस.एम.एसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिने छ । यस्तै, यो वर्ष नेपाली गीत संगीतको विकासमा अनवरत योगदान पु¥याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य श्रष्टा पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेसमेत आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु