१८ वर्षपछि निरौलाको जन्मभूमि । राष्ट्रियताको मुद्धा उठाइँदै

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७०, आईतवार

काठमाडौं । १८ वर्षअघि मोहन निरौलाकै निर्देशनमा बनेको चलचित्र जन्मभूमि पुनः त्यही नाममा निरौलाकै निर्देशनमा बन्ने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्देशक निरौलाले जन्मभूमी चलचित्रको शुभमूहुर्त गरेका हुन् । महिला दिवसको अवसर पारेर आयोजना गरिएको शुभमूहुर्तमा १८ वर्षअघिको चलचित्र जन्मभूमीमा प्रमुख कलाकार रुपमा रहेकी बसुन्धरा भुसाल, अभिनेत्री भुवन चन्दलगायतका प्रमुख कलाकारहरुको उपस्थिति रहेको थियो ।
शनिबार राजधानीमा फिल्मको औपचारिक जानकारी गराउँदै निर्देशक निरौलाले १८ वर्षपछि निर्देशनमा आउन लागेको बताउँदै अबको जन्मभूम ीभने राष्ट्रप्रेम र सामाजिक कथावस्तुमा आधारित रहने बताएका थिए । उनले नारी हरेक जागरुकताको प्रेरणाको स्रोत भएको बताउँदै जन्मभूमीले उठाएको नारी बिद्रोह र राष्ट्रप्रेमको कथाले सबै दर्शकको मन छुने विश्वास दाबी गरे ।
एसपी इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुरज गिरीले निर्माण गर्न लागेको चलचित्र जन्मभूमिमा विनोद श्रेष्ठ, निश्मा घिमिरे, मोहन निरौला, जेबिका कार्की र बालकलाकार सौगात बिष्टको मुख्य अभिनय रहनेछ । चैत्र ५ गतेबाट सुटिङ शुरु हुने यो फिल्ममा रमेश खड्का र बसन्त सापकोटाको संगीत तथा युवराज राईको छायाँकन रहनेछ । सुन्दर पाण्डे सह निर्माता रहेको यो फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहने छ । चलचित्रको कथा÷पटकथा÷सम्वाद÷दिग्दर्शक मोहन निरौलाको रहेको छ भने कास्टिङ डाइरेक्टरका रुपमा चलचित्र पत्रकार शान्तिप्रिय रहेका छन् । त्यस्तै क्रियटिभ डिजाइनरका रुपमा  विश्वदीप घिमिरे रहेका छन् भने चलचित्रलाई काठमाडौं, सिन्धुलीको झागझोलीको रमणीय दृश्यहरुमा छायाँकन गरिने भएको छ ।

IMG_4687

 IMGL5114

 

IMGL5095

janmabhumi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु