‘२ रुपैयाँ’को पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार

निर्देशक निश्चिल बस्नेत अभिनित फिल्म ‘२ रुपैयाँ’ को अफिसियल फस्र्टलुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा निश्चलको नाम ’जुरेली’ र आशिफ शाहको नाम ‘दाह्री’ रहेको छ ।

असिम शाहले निर्देशन गरेको यो कमेडी फिल्ममा दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ ।

2-rupesh-film Nischal Basnet

फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।

ए जि टु वान प्रोडक्शन प्रा.ली र ब्ल्याक हर्स प्रा.लीले निर्माण गरेको फिल्म भदौ २३ गतेबाट अलनेपाल रिलिज हुने तयारीमा छ । चलचित्रको छायाङ्कन झापा मोरङ्ग लगायत तराईका जिल्लाहरुमा गरीएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु