५० लागेपछि बिहे गर्दै मिथिला !

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७१, बुधबार

काठमाडौं २१ बैशाख । नेपाली चलचित्रकी अभिनेत्री मिथिला शर्माले बिहे गर्दैछिन् भन्दा धेरैलाई पत्यार नलाग्ला ? तर, ५० वर्षीया अभिनेत्री चाँडै बैवाहिक बन्धनमा बाँधिँदैछिन् । मिथिला पूर्वआइजिपी मोतिलाल बोहोरासँग बिवाह गर्न लागेकी हुन् । अभिनेत्री मिथिलासँग बिहे गर्न गइरहेको कुरा ७४ वर्षीय पूर्वआइजीफी बोहोराले पनि स्विीकारेका छन् । उनले एक अनलाइनसँग मिथिलासँग बिहेको कुरालाई घुमाउँदै ‘यसलाई बिवाहभन्दा पनि जीवनको उत्तराद्र्धमा साथीको खोजी’ भनेका छन् ।
मिथिलाले यसै वर्षभित्र बिहे गर्ने पनि बताएकी छन् भने बोहोराले जीवनको उत्तराद्र्धमा साथीको खोजी भन्दै बिहेबारे स्वीकारेका छन् । मिथिला र बोहोराबीच लामो समयदेखि चिनजान रहेको बताइन्छ । बोहोराकी पत्नीको करिब एक वर्षअघि मात्र निधन भएको थियो । मिथिलाले भने अहिलेसम्म बिहे गरेकी छैनन् ।
५० वर्ष भइसक्दा पनि अविवाहित मिथिलाको बिवाहप्रति चासो समेत दिन छाडिएको थियो । अभिनेता राजेश हमालको बिवाहबारे बारम्बार मिडियामा गसिप समाचार आइरहे पनि मिथिलाले किन बिहे गरिनन् ? भन्ने चासो र चर्चाको विषय बनेको थिएन । करिब तीन दशकयता कलाकारितामा क्रियाशील मिथिला एक कुसल नृत्यांगना हुन् । उनले नेपाल पुलिस क्वलबाटै कलाकारिता प्रारम्भ गरेकी हुन् । त्यसैले पुलिस क्लवमा हुँदै बोहरा र मिथिलाबीच चिनजान भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु