७ औं नेफ्टा अवार्डको घोषणा । पत्रकार संघको कार्यसमितिलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७०, बुधबार

काठमाडौं । चलचित्र पत्रकार संघको नव निर्वाचित कार्यसमितिलाई नेपाल चलचित्र प्राविधिक संघले सम्मान गरेको छ । गत मंगलबार एक कार्यक्रमको आयोजना गरी शान्तिप्रियको नेतृत्वमा रहेको चलचित्र पत्रकार संघको नयाँ कार्यसमितिलाई बधाई दिदै सम्मान गरेको हो । पत्रकारहरुलाई सम्मानपत्रर खादा ओढाएर सम्मान गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र पत्रकार र चलचित्रकर्मी एक अर्काको परिपूरक भएको र सम्बन्ध नङ र मासु झै हुनु पर्ने बताउँदै प्राविधिक संघ महासचिव अनन्त तिमल्सिनाले चलचित्र पत्रकार संघको सफल कार्यकालको शुभकामना दिएका थिए । उक्त अवसरमा चलचित्र प्राविधिक संघले सातौं नेफ्टा फिल्म अवार्डको घोषणा पनि गरेको थियो । संघका अध्यक्ष मनोज केसीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अवार्डले सातौं वर्षसम्म आइपुग्दा पार गरेका विभिन्न तस्वीरहरुलाई पनि भिडियोको रुपमा देखाइएको थियो ।
‘हामीलाई बिदेशी भूमिको स्वाद निर्माता सुवास गिरि) ले चखाई सक्नु भो अब हामी विदेशी भूमिमा नै अवार्ड गर्छौ’ संघ अध्यक्ष मनोज केसीले बताए । पत्रकार भेटघाट गर्दै अबको अवार्ड हङकङमा हुन् सक्ने समेत उक्त अवसरमा अध्यक्ष केसीले बताए । कार्यक्रममा उपस्थित चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता , निर्माता संघका अध्यक्ष राज कुमार राई, निर्देशक समाज अध्यक्ष दिनेश डिसी , ग्रीष्मा इन्टरटेनमेन्ट प्रमुख गेहेन्द्र घिमिरे, निर्माता सुवास गिरी लगायतले ७ औ नेफ्टा अवार्डको सफलताको शुभकामना दिएका थिए । यस वर्ष सार्वजनिक भएका १०४ सिनेमाको निर्मातालाई अवार्डमा आफ्नो सिनेमा सहभागी हुन पत्राचार गर्ने र सहभागिता पश्चात अवार्ड गर्ने संघले जनाएको छ ।
nefta14

 

nefta13

 

nefta12

 

nefta11

 

nefta10

 

nefta9

 

nefta8

 

nefta7

 

nefta6

 

nefta5

 

nefta4

 

nefta3

 

nefta2

 

nefta1

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु