७ वर्षिय बालकले ‘खुसी हौली तिमी त्यहाँ’ भन्दै कसलाई गुनासो गरे?(हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७४, शुक्रबार

पुष ७, काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । हुन त माया प्रेमको कुनै सिमाना हुँदैन । न त यसमा जात, धर्म वा उमेरको नै सिमाना तोकेको हुन्छ । तर जहाँ माया हुन्छ त्यहाँ शंका वा धोका पनि सम्भव छ । यस्तै धोकाको सामना गरेका छन् एक सात वर्षीय बालकले त्यो पनि मायामा, अनि बिलौनाको गीत पनि गाएका छ ।

यस्तो अपत्यारिलो घटनाको पात्र बनेका सात वर्षीय बालक हुन् सबी साजन राई । यो उनको वास्तविक जिवनमा आई परेको घटना भने होईन । यो प्रसंग हो उनको स्वर र अभिनयमा समेत हालै सार्वजनिक भएको एउटा गीतको ।पुरानाको संरक्षण गर्दै नयाँ नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र अवसर दिने कम्पनीको रुपमा स्थापित प्र्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा खुसी हौली तिमी त्यहाँ, म छु यहाँ पिरै पिरमा बोलको गीत सात वर्षीय बालक सबी साजन राईको स्वरमा सार्वजनिक भएको हो ।

उक्त गीतमा ईन्द्र बुढाथोकीको शब्द तथा सनम पुरुषको संगीत रहेको छ । सबी साजन राईले गायन तथा अभिनयमा समेत राम्रो सम्भावनाको लक्षण देखाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु