दशौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार
10th Music Khabar Music Award 2022

काठमाडौं । विगत ९ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको १० औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानी लगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ । विभिन्न ३५ विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ ।

यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कम्पनी लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ ।

त्यसैगरी एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिँदै आइएको छ । त्यस्तै पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिँदै आइएको छ भने एक जना युवा प्रतिभालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिँदै आइएको छ । त्यस्तै एकजना वरिष्ठ पत्रकारलाई म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिन्छ भने बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु