११ औं म्यूजिक खबर म्यूजिक अवार्डको फर्म खुला, अनलाइनबाट पनि सहभागी हुन सकिने

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल म्यूजिक खबर म्यूजिक अवार्डको ११ औं संस्करणको लागि आवेदन खुला गरिएको छ । २०७९ बैशाखदेखि २०८० असार मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई यस अवार्डमा सहभागी गराउन सकिनेछ । गीतसंगीतको अडियो र भिडियोतर्फका विभिन्न ४० वटा विधालाई समावेश गरि २०१२ देखि निरन्तर आयोजना हुँदै आएको यस अवार्डमा राष्ट्रिय भाव, पप गीत, आधुनिक गीत, गजल, लोकदोहोरी र चलचित्रको गीतलाई समावेश गरिएको छ । गीतसंगीतमा लागेका स्रष्टा, सर्जक, प्रस्तोता, निर्देशक, कलाकार, छायाँकार, सम्पादक लगायतलाई अवार्ड तथा सम्मान प्रदान गरिँदै आइएको छ ।
आगामी माघमा आयोजना गरिने यस अवार्डमा सहभागी हुनका लागि कलाकारले आफ्नो गीतलाई सिधै कार्यालयमा गएर या अनलाईन https://globalonlinepay.org/formBooking/6571a9dc72f6d1701947868 मार्फत् पनि आवेदन दिई सहभागी हुन सक्नेछन् ।
अवार्डमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवाप्रतिभा सम्मान, पत्रकारिता सम्मान, बालप्रतिभा सम्मान, डायस्पोरा सम्मानसमेत प्रदान गरिँदै आइएको छ ।
हालसम्म अवार्ड तथा सम्मान पाउनेहरुको विवरणका लागि यो लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछः
Musickhabar: https://musickhabar.com/music-khabar-music-awards-3/
Artist Of Nepal: https://www.artistofnepal.com/awards/music-khabar-music-awards

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु