
चर्चित गायक सत्यराज आचार्यले आफ्नो महोत्वकांक्षी भनेको गजल एल्वम ‘मधुशाला’लाई आचार्य परिवारको हजुरबा र नाति पुस्ताले सार्वजनिक गरे । शनिबार एक भव्य कार्यक्रमको बीच सोल्टी क्राउनप्लाजामा आयोजना गरिएको समारोहमा सत्यराजका बुबा भक्तराज आचार्य, छोरा र भतिजा सहित आचार्य परिवारबाट संयुक्त रुपमा मधुशाला सार्वजनिक गरिएको थियो । गरेका छन् । गायक सत्यराज आचार्यले आफ्नो एल्वम विमोचन मात्रै गरेनन् आफूलाई गजल लेखनमा प्रेरणा दिने डा. कृष्णहरि बराललाई गुरुका रुपमा सम्मान गरे ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेको प्रमुख आथित्यतामा सार्वजनिक गरिएको उक्त एल्वमको विमोचन कार्यक्रममा सत्यलाई चिनाउन उनकी श्रीमती अनिता स्टेज चढिन् सत्यका बारेमा आफ्नो कुरा प्रस्तुत गरिन् । नेपाली गजलको इतिहासमा सम्भवत यो पहिलो एल्वम हो, जसमा एकै स्रष्टाको स्वर, शब्द तथा संगीत समावेश छ । त्यसैले पनि यो एल्वमलाई सत्यले आफ्नो महत्वकांक्षी एल्वम भन्दै आएका छन् ।
‘मधुशाला, काली, आज एउटा, याद तिम्रो, आउ तिमी, नचलाउ मलाई, जिन्दगीको र हामी पनि’ गरि ८ वटा गजल एल्बममा समावेश छन् । एल्वम भित्र समावेश ८ गजल गाएर सुनाए । तर, गजल गायनको सुरुवात सत्यले आफ्ना पिता भजनशिरोमणी भक्तराज आचार्यको गजलबाट गरेका थिए ।
कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री, वरिष्ठ गितकार यादव खरेल, राजेन्द्र थापा, गजलकारद्वय घनश्याम परिश्रमी, बरिष्ठ संगितकार शक्ति बल्लभ, दिपक जंगम, राजु सिहं, टिका भण्डारी, सचिन सिहं, गायिका मिरा राणा, बिमला राई, देबिका बन्दना, प्रश्ना शाक्य, गायक आनन्द कार्की, बाबु बोगटी नायिका झरना थापा लगाएत नयाँ पुराना संगितका हस्तिहरुको उल्लेख्यरुपमा उपस्थिति रहेका थियो । मधुशालालाई विन्ध्यवासिनी म्यूजिकले उत्पादन तथा वितरण गरेको हो ।