• दृष्टीबिहिन गायिकाले गाइन् दृष्टीबिहिनप्रति सपर्पित गीत !

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०७५, सोमबार

    असार २५, काठमाडौं । गीतकार तथा संगीतकार निर प्रसाद गुरुङको शब्द रचना तथा संगीतमा रहेको नयाँ गीत “यो जुनीमा दृष्टीबिना सोचे जस्तो छैन जीवन, तर धोको थियो यो संसार हेर्न, आँखाको ज्योती पाईन”  सार्बजनिक भएको छ ।

    आँखाको ज्योती नभएकाहरुको बेदनालाई समेटिएको यो गीत संसारका सबै दृष्टीबिहिनहरुका लागि सपर्पित रहेको छ ।

    गुरुङको यो गीतमा गायिका सुस्मीता राईले गायकी छिन भने सुस्मिता आफैमा एक दृष्टीबिहिन गायिका हुन् भने गीतलाई पावल चाम्लिङ राईले एरेञ्ज गरेका हुन् ।

    यस्तै यो गीतको भिडियो पनि उतिकै तरिकाले ससक्त बनेको छ । भिडियोमा उर्मीला गुरुङको अभिनय रहेको छ । भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।

    प्रकाश धितालले निर्देशन रहेको यस भिडियोको निर्माता जयेन्द्र शेरचन हुन् भने भिडियो लिई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु