मालिकाको ट्रेलरमा रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७५, शुक्रबार

काठमाडौं, आश्विन १२ । चलचित्र मालिकाको ट्रेलर सार्वजनिक भएको छ । रेखा फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

रेखा थापा निर्देशित तथा अभिनीत चलचित्रको ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रले नारी सशक्तिकरणको आवाज उठाएको रेखाले बताइन् ।

 

रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्र यस वर्षको कृष्ण नवमी अर्थात् कात्तिक १६ गते रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।

नर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । चलचित्रको यसअघि सार्वजनिक भएको ‘मालिका’ को ुहल्का मायाु बोलको गीतले स्रोता/दर्शकको साथ पाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु