तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न । सिंह र गुरुङ उत्कृष्ट गायक गायिका

म्यूजिक खबर
प्रकाशित: २ असार २०७१, सोमबार

काठमाडौं, २ असार । तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ हिजो आइतबार सम्पन्न भएको छ । गीतसंगीत क्षेत्रमा क्रियाशील रही अनलाइन पत्रकारिताका माध्यमले गीतसंगीतको विकासमा लागिरहेको म्यूजिकखबर डटकमको आयोजनामा सम्पन्न म्यूजिक खबर म्यूजिक अवार्डमा गायक कन्हैया सिंह र गायिका अन्जना गुरुङ उत्कृष्ट सुगम संगीत गायक गायिकाको अवार्ड चुम्न पुगेका छन् भने सत्यता एल्बमका तर्फबाट गोविन्द प्रसाद उपाध्यायले वर्षको उत्कृष्ट एल्बमको अवार्ड चुम्न सफल भयो ।

त्यस्तै सुगम संगीततर्फ संगीत संयोजन अमूल कार्की ढली, ध्वनि मिश्रण महेश्वरमान राजभण्डारी र गीतकारतर्फ गायत्री थापाले अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट संगीतकार रमेशराज भट्टराई बन्न सफल भए । सुगम संगीत म्यूजिक भिडियोतर्फ मोडल गजित विष्ट र करिश्मा मानन्धर उत्कृष्ट बने भने सुब्रत आचार्यले निर्देशकको अवार्ड चुम्न सफल भए । सुगम संगीत नवप्रतिभातर्फ भने रमा अर्याल र विजय परियारले अवार्ड चुम्न सफल भए ।
राष्ट्रिय भावको गीततर्फ रमेश अधिकारीले राष्ट्र भन्नु हाम्रो शिर गीतबाट अवार्ड चुम्न सफल भए भने पप गायनमा साहिमा श्रेष्ठ र सुरज श्रेष्ठले पप गायनको अवार्ड चुमे । त्यस्तै पप संगीतकारको अवार्ड भने फूल झैं गीतबाट राजु सिंहले चुम्न सफल भए भने युगल गायनबाट सुमित खड्का र माण्डवी त्रिपाठीले अवार्ड चुमे । उत्कृष्ट गजलमा भने जानकी पन्थ बोल न केहीबाट अवार्ड हात पार्न सफल भइन् ।

kanhaiya singh
लोकदोहोरीतर्फबाट भने विरही कार्की र टीका पुन उत्कृष्ट गायक गायिका बन्न सफल भए । कार्की मायालु हजार गीतबाट उत्कृष्ट बनेका हुन् भने पुन हजार जुनी गीतबाट उत्कृष्ट बनेका हुन् । लोकदोहोरी शब्दमा गणेश चौलागाईंले ए सानु पत्याउ अब त गीतबाट सर्वोत्कृष्ट बने भने लोकदोहोरी भाकामा पशुपति शर्माले मलाई अमेरिका यही बोलको गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अवार्ड चुम्न सफल भए । लोकदोहोरी नवप्रतिभातर्फबाट गायक रत्न श्रेष्ठ र गायिका सरिता थापा सर्वोत्कृष्ट बन्न सफल भए भने भन्देउ के हो मायाबाट गायिका मुना थापामगरले सर्वोत्कृष्ट लोकगीतको अवार्ड चुम्न सफल भए । लोकदोहोरी म्यूजिक भिडियो मोडलमा दिलको ढोकाबाट पार्वती राई र किन टाढा भयौबाट विमल अधिकारी उत्कृष्ट भने भने सोह्र दुना आठबाट प्रकाश भट्ट सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए ।
चलचित्रतर्फ भने गाला रातै गीतबाट गायक प्रल्हाद तिमिल्सिना, गायिका मिलन अमात्य र संगीतकार वसन्त सापकोटाले अवार्ड चुम्न सफल भए । चलचित्र गीतकारको अवार्ड भने वरदान चलचित्रको म त अन्योलमा बोलको गीतबाट दयाराम पाण्डेले सर्वोत्कृष्ट गीतकारको अवार्ड चुमे ।

IMG_1530 IMG_1523

म्यूजिक खबर सम्मान र पुरस्कार
म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ को सुरुवातदेखि बाल प्रतिभा प्रोत्साहन सम्मानको निरन्तरतामा यस वर्ष गायक प्रेम परियारलाई म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरियो । त्यस्तै यसवर्षबाट म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कारको थालनी गरिएको छ । यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कारबाट पत्रकार तलुसी गिरी भावुकलाई प्रदान गरियो । परियारलाई ताम्रपत्रसहित सम्मान गरिएको हो भने गिरीलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो ।
तेश्रो संस्करणसम्म आइपुग्दा संगीतकर्मीको उत्साहले उर्जा थपेको बताउँदै म्यूजिकखबरका अध्यक्ष सुमन बैरागीले सम्पूर्ण संगीतकर्मीहरुलाई आभार प्रकट गरेका थिए । आगामी वर्षहरुमा पनि अवार्डको निरन्तरता यसरी नै जारी रहने बताएका थिए । उनले जुरीहरुले गरेको निर्णयले पक्कै पनि अवार्डको गरिमा बढ्दै जाने बताउँदै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । अवार्ड आयोजक कमिटिमा कार्यक्रम निर्देशक शान्तिप्रिय, कार्यक्रम संयोजक राजु बजाज र सदस्य सचिवमा सन्तोष श्रेष्ठ रहेका थिए भने सल्लाहकारहरुमा निर्देशक मोहन निरौला, निर्देशक संगीतकार नारायण रायमाझी, गायक दुर्गा रायमाझी, चलचित्रकर्मी प्रदीपकुमार उदय, साहित्यकार राधेश्याम लेकाली र संगीतकर्मी आरसी कोइराला रहेका थिए । अवार्ड कार्यक्रमलाई बीक्यू मोबाइल, वाइन अफ हिमालय (चेसुङ), जेरो मोबाइल, न्यू वल्र्ड सर्टिङ एण्ड सुटिङ बागबजार, नवोदित विद्याकुञ्ज, हिमालय ट्राभल्सलगायतले प्रायोजन गरेका थिए । अवार्डमा भोजराज काफ्ले, कोमल वली, शिव परियारले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने हाँस्यकलाकार सन्दिप क्षेत्रले दर्शकहरुलाई हँसाएका थिए । त्यस्तै गजित विष्ट, शंकर बिसी र विजय थापाले नृत्य गरेका थिए ।
IMG_1284
IMG_1277
IMG_1271
IMG_1655
IMG_1644
IMG_1635
IMG_1570
IMG_1532
IMG_1530
IMG_1523


IMG_1506
IMG_1490
IMG_1462
IMG_1452
IMG_1438
IMG_1429
IMG_1412
IMG_1409
IMG_1390
IMG_1373
IMG_1370
IMG_1365
IMG_1359
IMG_1350
IMG_1298

Photo by : Deep Bimali(Official Photographer of Music khabar music award 2014)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु