• २६ कलाकारलाई जनही ५ हजार सहित अवार्ड, जीतेन राईलाई लाइफ टाइम अचिभमेन्ट (नामावली)

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

    काठमाडौं । राष्ट्रिय साधना म्यूजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ भव्यरुपमा सम्पन्न भएको छ । महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा असार ५ गते सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरुले अवार्ड ‘रिवार्ड’ पाए ।

    कार्यक्रममा पूर्वेली लोक संगीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । उनले आफ्ना गीत संगीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् ।

    त्यस्तै बरिष्ठ साहित्यकार नवराज लम्साललाई दिर्घ साहित्य सम्मान अर्पण गरियो भने बरिष्ठ गायिका देबिका बन्दनालाई ‘संगीत रत्न सम्मान’ बाट सम्मानित गरियो । त्यस्तै पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो ।
    विगतका वर्षमा उत्कृष्ट कलाकारलाई प्रमाणपत्र र अवार्ड प्रदान गरिंदै आएको यस अवार्ड तेस्रो संस्करणमा आइपुग्दा कलाकारले प्रमाणपत्र र ट्रफीका साथमा नगद समेत प्राप्त गरेका थिए । अवार्ड विजेता सबै कलाकारलाई रु ५ हजार प्रदान गरिएको थियो । यसरी कलाकारलाई अवार्डको साथमा नगद प्रदान गरिएको यो नै पहिलो कार्यक्रम हो ।

    सामना क्रियसनकी अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो ।
    अवार्डका कमिटीका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । दिपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला र पत्रकार शान्तिप्रियले शुभकामना मन्तव्य राखेका थिए ।

    तेस्रो साधना म्यूजिक अवार्ड–रिवार्ड जित्न सफल बिजेताहरुको नामावली यस प्रकार रहेको छ :-

    १. उत्कृष्ट राष्ट्रिय भावको गीत – सन्तोष श्रेष्ठ खोजीरहेछ देशले
    २. उत्कृष्ट लोक गीत – चेतन गोतामे – मेरी आमा
    ३.उत्कृष्ट लोकदोहोरी शब्द – शिब हमाल – भीरमा सेती गाई
    ४. लोकदोहोरी संगीत – प्रसाद लामिछाने – मीर्सी खानेलाई
    ५. उत्कृष्ट गायक – प्रकाश पराजुली
    ६. उत्कृष्ट गायिका – पूर्णकला बिसी सनिसार
    ७. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष – महेन्द्र गौतम– कसको अनुमती
    ८. उत्कृष्ट लोकदोहोरी मोडल महिला – सरस्वती खत्री – रेलको बाटो (फिमेल भर्सन)
    ९. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष डान्स – ओबी रायमाझी – रमरम मरौटी
    १०. लोकदोहोरी मोडल महिला डान्स – आयुष्मा कार्की – घर कता हो बैनीको
    ११. उत्कृष्ट निर्देशक लोकदोहोरी – बबिता श्रेष्ठ – यति सोध्न मन छ
    १२. उत्कृष्ट गीतकार आधुनिक – लोकराज अधिकारी – भन्नुहुन्थ्यो बाले
    १३. उत्कृष्ट संगीत आधुनिक पप – सन्तोष केसी – तिम्रो नाममा धड्किन्छ यो मुटु
    १४. उत्कृष्ट गायक आधुनिक पप – चिरन्जीवी भण्डारी – मन त यो हरामी
    १५. उत्कृष्ट गायिका आधुनिक पप – रिता केसी – तिमी पनि हरायौ
    १६. उत्कृष्ट मोडल आधुनिक पप (पुरुष) – बिक्रम बुढाथोकी – रुवाउने हजार
    १७. उत्कृष्ट मोडल आधुनिक पप (महिला) – निरुता शाही – आधी रात
    १८. उत्कृष्ट निर्देशक आधुनिक पप – देबेन्द्र पाण्डे – गाउँले ठिटो
    १९. उत्कृष्ट छायाँकार आधुनिक पप – शम्भु चालिसे – मुटु खाने माया
    २०. उत्कृष्ट भिडियो सम्पादक आधुनिक पप – सुजन शाही – मुटु खाने माया
    २१. उत्कृष्ट एरेन्जर आधुनिक पप – डोलराज बाह्रघरे – के भर अर्काको
    २२. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक – बालचन्द्र बराल
    २३. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका – सपना रोका
    २४. जुरी अवार्ड गायक – रमेशराज भट्टराई – भन साईंला
    २५. जुरी अवार्ड संगीतकार – रोषन सिंह – तिमीलाई नोटले बदल्यो
    २६. पब्लीक च्वाइस अवार्ड गीतकार – रामचन्द्र ढकाल – माया छरेर माया फरार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु