• चौथो रापती म्यूजिक अवार्ड सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २ मंसिर २०७२, बुधबार

    मंसिर, काठमाण्डौ । विगत चार वर्षदेखि काठमाण्डौमा आयोजना हुँदै आएको रापती म्यूजिक अवार्ड को चौथो संस्कराण भने यो वर्ष रापतीमा सम्पन्न भएकोछ । नेपाली सङगीत क्षेत्रका धेरै बिधाहरु समावेश गरिएको अवार्ड समारोहमा राष्ट्रिय भावनाको गीतमा विपिन आचार्य, लोक दोहरीमा विक्रम थापा, नव गायिका लोक दोहोरीमा आशा पुन, लोकदोहरी शब्दमा तिलक ओली, लोकदोहरी भाकामा रामु खड्का, लोकदोहरी गायकमा भगिरथ चलाउने, लोकदोहरी गायिकामा टीका पुन, फिल्म संगीतकारमा विपिन घिमिरेलाई  अवार्ड प्रदान गरिएको थियो । त्यस्तै सुगम संगीतका तर्फबाट संगीत तर्फको अवार्ड संगीतकार सन्तोष रजौरेले उचाले भने चलचित्रका तर्फबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड माण्डवी त्रिपाठीले हात पारिन् ।

    mandabi

    rapti2

    झाँकि सहितको ¥याली पश्चात शुरु भएको समारोहमा विभिन्न कलाकारहरु सम्मानित पनि भएका थिए । घोराहीको गणेश चित्रालयमा आयोजित उक्त कार्यक्रममा गायक, गीतकार, संगीतकार, पत्रकार, कलाकार र निर्देशकलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नायिका झरना थापा, निर्देशक ओम प्रतीक, कमेडियन कमल गाउँले, पत्रकार तथा निर्देशक केएल पीडित, पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम लगायत रहेका छन् । २०७१ सालभित्र बजारमा आएका गीतसंगीत क्षेत्रका हरेक विधाहरु अवार्ड वितरण गरिने छ । २४ नियमित विधा र थप ४ विधा गरी २८ विधामा सर्वोत्कृष्ट कलाकर्मी र सिर्जनालाई अवार्ड बितरण गरिएको थियो । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु झरना थापा, माण्डवी त्रिपाठी, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, टीका पुन, गोविन्द मधुर आचार्य लगायत राप्तीका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

    rapti1
    राप्ती क्षेत्रका कलासंस्कृतिलाई प्रवद्र्धन गर्न हरेक वर्ष पुरस्काररसम्मान प्रदान गर्दै आएको समाज अध्यक्ष शशि शर्मा मजगैयाँले बताए। सभासद् अनिता देवकोटाले नाकाबन्दीका कारण सिर्जित कठिन परिस्थितिका बावजुद राप्ती क्षेत्रका कलाकारहरू दाङमा एकजुट हुन सक्नु प्रशंसनीय भएको बताइन्।अवार्ड समारोहमा राष्ट्रिय स्तरका अन्य व्यक्तित्वहरुको पनि बाक्लै उपस्थिति रहेको थियो ।

    jharana

     

    rapti

    rapti award

    mandabi1

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु