पाँच बर्षिय बालिका सृष्टि आर्चायको अभिनयमा “चाँदनीमा नुहाएर”

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७५, आईतवार

पाँच बर्षिय बालिका सृष्टि आर्चायको अभिनयमा “चाँदनीमा नुहाएर”

अमेरीका । लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ- बोलको गीतका शव्दहरु जस्तै पाँच बर्षिय बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको छन् । सृष्टि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बाबु आमासँग बसोबास गर्दै आएकी छिन् ।सामाजिक संजालहरूमा निकै नै लोकप्रिय अनि भाइरल बनेकी यी सुन्दर पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन्।

सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको यस गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको “चाँदनीमा नुहाएर” बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् । यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ । यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् ।

यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् ।Shristi Kids TV नामक युब्ट्युब र फेसबुक पेजमा समेत सृष्टिको हजारौ फ्लोअर रहेका छन् । सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

 

यो पनि पढ्नुहोस्

काठमाडौं । गायक खगेन्द्र थापा मगर र गायिका बालिका तामाङको आवाजमा रहेको लोकदोहोरी गीत ‘पागल’ गीतको भिडियो भैरबकालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । ‘पागल’  गीतमा लोकेन्द्र शाही र आशा खड्काको अभिनय रहेको छ ।
आफनी मायालुले छोडेर गएको खण्डमा जिवनबाट हार भएर सडक भरि भौतारिने कुरा गीतमा गरिएको छ । मायाको अभावमा हुने छटपटिलाई गीतमा समेटिएको छ । लोकेन्द्र शाही र बालिका तामाङको गीतमा शब्द रहेको छ भने जय देवकोटाको गीतमा लय सिर्जना रहेको छ ।
अजयको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।

पुरा पढ्नलाई यो लिंकमा जानुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु