लोकेन्द्र शाही र आशा खड्काको अभिनयमा ‘पागल’ गीत सार्वजनिक ! हेर्नुहोस भिडियो 

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७५, आईतवार
काठमाडौं । गायक खगेन्द्र थापा मगर र गायिका बालिका तामाङको आवाजमा रहेको लोकदोहोरी गीत ‘पागल’ गीतको भिडियो भैरबकालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । ‘पागल’  गीतमा लोकेन्द्र शाही र आशा खड्काको अभिनय रहेको छ ।
आफनी मायालुले छोडेर गएको खण्डमा जिवनबाट हार भएर सडक भरि भौतारिने कुरा गीतमा गरिएको छ । मायाको अभावमा हुने छटपटिलाई गीतमा समेटिएको छ । लोकेन्द्र शाही र बालिका तामाङको गीतमा शब्द रहेको छ भने जय देवकोटाको गीतमा लय सिर्जना रहेको छ ।
अजयको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।
हेर्नुहोस भिडियो

यो पनि पढ्नुहोस्

 ‘दही मिठो…’ भन्दै आए हिराकाजी (भिडियोसहित)
काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ…’ का लोकप्रिय पात्र हुन् हिराकाजी । उनको वास्तविक नाम हो राजकुमार देवकोटा । देवकोटा ‘रिसानी माफ’ का मुख्य कलाकारका साथै निर्माता समेत हुन् ।

कलाकार देवकोटाको परिचय यत्तिमै सिमित छैन । उनी अभिनयका साथ–साथै कुशल गायक पनि हुन् । देवकोटाले आफ्नो स्वरमा केही एकल एल्बम सहित दर्जनौं गीत गाइसकेका छन् । झण्डै डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय देवकोटाले गाएका गीतहरुमध्ये कल्पनाकी मनकी रानी, मर्थें मर्थें, निधारमा रातो टीका, आकाश हाम्रा पिता आदि स्रोताले रुचाएका थिए ।

पुरा पढ्नलाई यो लिंकमा जानुहोस्

यो पनि पढ्नुहोस् 

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन , मन्टीको निर्देशन भिडियोमा रहेको छ । “ नरिसाइ दिनु ” गीतमा शुशिल बस्नेत , रुपेश बस्नेत र मोनिका लामाको अभिनय निकै आकर्षक रहेको छ । गीतको भिडियोलाई जेसिका इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

पुरा पढ्नलाई यो लिंकमा जानुहोस्

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु