• पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०८०, आईतवार

    काठमाडौँ । पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ ।
    अवार्डमा राष्ट्रिय,गजल,चलचित्र, आधुनिक, लोक दोहोरी र पपविधामा १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् ।

    ‘नेपालीकला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथअर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ ।

    ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ।

    सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्नभइसकेको छ।

    अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

    एक जना अग्रज रंग पत्रकारलाई नगद सहित रजत पत्रकारिता सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

    भोट र जुरीको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु