राष्ट्रिय लोकदोहोरी अवार्डको सम्मान घोषणा, २४ विधामा अवार्ड प्रदान गरिने

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०८०, सोमबार

काठमाडौं । आठौं राष्ट्रिय लोकदोहोरी अवार्डमा नगद राशीसहित वरिष्ठ गायक कृष्णसुधा ढुङ्गानालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले ‘राष्ट्रिय लोकदोहोरी अवार्ड’ को ८ औं संस्करण आगामी असोज ११ गते बिहिबार सम्पन्न गर्दै छ ।

सो कार्यक्रमको विविध विषयको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईको छ ।

त्यसैगरि यो बर्षको ‘संस्थागत सम्मान’ पुरुषोत्तम न्यौपानेलाई अर्पण गरिने जानकारी गराइएको छ ।

‘लोक दोहोरी अवार्ड बिशेष सम्मान’ शिब हमाललाई र ‘दशकको श्रष्टा सम्मान’ एक नारायण भण्डारीलाई अर्पण गरिने छ ।

यसैगरि कार्यक्रममा ‘सदाबहार लोक गीत सम्मान’ पनि गरिने र उक्त सम्मान बाबरी फुलको बोटबाट पाण्डब सुनुवारलाई अर्पण गरिने छ ।

यसपटकको अवार्डमा ‘उपत्यका समन्वय बिशिष्ट सम्मान’ द्वारा बेबारिसे लास ब्यवस्थापन कि सदस्य सपना रोकालाई सम्मानित गरिनेछ ।

यो वर्षको ‘लोक पत्रकारिता पुरस्कार’ भने राजकुमार रायमाझीलाई दिइने भएको छ भने ‘दोहोरी साँझ कलाकार सम्मान’ कृष्ण आँशु आदीलाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

“आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” बिभिन्न २४ वटा बिधामा बितरण गर्न लागिएको छ ।
पत्रकार सम्मेलनमा उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षता रहेको थियो ।
सम्मेलनमा प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी, प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्बी थकाली, प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष अमृत अधिकारी, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सह सचिव राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनको कार्यक्रम सञ्चलान उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापाले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु