• सर्वोत्कृष्ट सुगम संगीत गायक–गायिका शिब र एलिना, प्रताप र सुनिता चलचित्र गायक–गायिका

    म्यूजिक खबर
    प्रकाशित: ५ आश्विन २०७९, बुधबार

    काठमाडौं । संगीत साधकहरुको सम्मान र प्रोत्साहन गर्ने उदेश्यमा क्रियाशिल रहेको राष्ट्रिय रापती म्यूजिक अवार्डको आठौं संस्करण सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको हलमा ४ गते सम्पन्न भएको सो अवार्ड समारोहमा राष्ट्रिय भावको गीत, पप गीतसंगीत, लोकदोहोरी, चलचित्र, आधुनिक विभिन्न ५३ विधामा अवार्ड प्रदान गरीएको थियो ।

    रापती समाजका अध्यक्ष सीमा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा शहरी बिकासमन्त्री माननीय मेटमणी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

    यस वर्षको रापती म्यूजिक अवार्ड अवार्डमा सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड ‘धोकेबाज’ गीतबाट शिब परियारले चुम्न सफल भए भने गायिका एलिना चौहानले ‘भाग्यमा खोट छ’ गीतबाट सर्वोत्कृष्ट सुगम संगीत गायिकाको अवार्ड चुम्न सफल भइन् । सुगम संगीते गीतकारको अवार्ड भने खड्क बिसीले छुट्यो साथ गीतबाट उचाले । उसलाई पाउन बोलको गीतबाट सुनिल बिसीले सुगम संगीत संगीतकारको अवार्ड पाउन सफल भए ।

    यस्तै आठौं राष्ट्रिय रापती म्यूजिक अवार्ड समारोहमा सर्वोत्कृष्ट चलचित्र गायक र गायिकाको अवार्ड भने प्रताप दास र सुनिता कार्कीले उचाल्न सफल भए । सुनिताले अटल वाचा गीतबाट र प्रतापले हर युग होस गीतबाट अवार्ड उचालेका हुन् । सर्वोत्कृष्ट चलचित्र संगीतकार विधा तर्फ भने एलिस कार्की हर युग होस गीतबाट नै उत्कृष्ट ठहरिए ।

    त्यसैगरि लक्ष्मीले मल्ल उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड उचालिन् भने सुर्य खड्का उत्कृष्ट लोकदोहोरी गायक घोषित भए । डाडाँघरे साईली बोलको गीतबाट लक्ष्मीले अवार्ड चुमेकी हुन् भने ढुंगे धारा गीतबाट सुर्य उत्कृष्ट लोकदोहोरी गायक घोषित भएका हुन् । डाँडाघरे साइली गीतबाट लोकदोहोरी भाका तर्फको अवार्ड श्रीकृष्ण बम मल्लले उचाल्न सफल भए । धोबी बगर बोलको गीतबाट शम्भु कुवँर उत्कृष्ट लोकदोरी गीतकार ठहरिए ।
    वेचेर सपना गीतबाट थानेश्वर गौतमले सर्वोत्कृष्ट गजल गायन विधाको अवार्ड हात पारे ।

    सो कार्यक्रममा रापती साँस्कृतिक सम्मान तर्फ अग्रज कलाकार अर्जुन श्रेष्ठ, रापती साँस्कृतिक प्रतिभा सम्मान तर्फ ऋषि राज आचार्य, रापती समाजिक सम्मान तर्फ रेखा शर्मा चौधरी, नारायण पाण्डे प्रतिभा सम्मान तर्फ प्रचण्ड जिसि, रापती बाल प्रतिभा सम्मान तर्फ सफलता श्रेष्ठ, गायनतर्फ गायिका कला लम्साल सम्मानित भएका थिए । साथै ‘आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९’ मा विभिन्न सहयोगी संघ संस्था तथा ब्यक्तिहरु, समाजसेवी ब्यक्तित्व र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

    औपचारिक कार्यक्रमको सञ्चालन रापती समाज काठमाडौंका महासचिब एकराज भण्डारीले गरेका थिए भने रापती समाज काठमाडौंका पुर्व अध्यक्ष शशी शर्मा मजगैयाले अवार्ड कार्यक्रमको सञ्चालन गरेका थिए । यस कार्यक्रममा कार्यक्रम संयोजकको रुपमा अध्यन गोबिन्द मधुर आचार्य रहेका थिए भने पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए । त्यस्तै जुरि निर्णायकको संयोजकमा गायिका एबम राष्ट्रिय सभा कि सदस्य माननीय कोमल ओली रहेकी थिइन् ।

    “आठौं राष्ट्रिय रापति म्युजिक अवार्ड – २०७९” मा अवार्ड जित्न सफल बिजेताहरुको नामावली यस प्रकार रहेको छ ।

    १) सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – नरहरि प्रेमी मेरो देश

    २) सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार – राजेश कुमार श्रेष्ठ
    (हर युग होस)

    ३) सर्वोत्कृष्ट चलचित्र संगीतकार – एलिस कार्की (हर युग होस)

    ४) सर्वोत्कृष्ट चलचित्र गायिका – सुनिता कार्की – अटल वाचा

    ५)सर्वोत्कृष्ट चलचित्र गायक – प्रताप दास – हर युग होस

    ६) सर्वोत्कृष्ट लोक पप रचनाकार – डिपि खनाल सख्खर चिनि

    ७) सर्वोत्कृष्ट लोक पप संगीतकार – शंकर थापा स्माईल सख्खर चिनी

    ८) सर्वोत्कृष्ट लोक पप गायिका – वेनिसा पौडेल – हाम्रो यो माया

    ९) सर्वोत्कृष्ट लोक पप गायक – सन्तोष सुनार – छ्मक छमक

    १०) सर्वोत्कृष्ट मौलिक लोक गीत – विना भट्टराई – चुलबुले कान्छी

    ११) सर्वोत्कृष्ट गजल
    १) सर्वोत्कृष्ट गजल गायन – थानेश्वर गौतम – वेचेर सपना

    २) सर्वोत्कृष्ट गजल रचनाकार – प्रबल विश्ट – सराबले

    १२) सर्वोत्कृष्ट सन्देश मुलक गीत – प्रकाश सुवेदी – सीप सिकौ

    १३) सर्वोत्कृष्ट डायस्पोरा – दिपेन्द्र खड्का – आसुँ

    १४) सर्वोत्कृष्ट युगल गायन – नरेश बुढाथोकी र टीका प्रसाईं – केही हुन्न भेट हुदैमा

    १५) सर्वोत्कृष्ट जुरि लगायत अन्य विधा
    १) पबलिक च्वाईस अवार्ड बेस्ट सिंगर
    प्रमोद खरेल – भाग्यमा खोट छ

    २) पबलिक च्वाईस अवार्ड बेस्ट आधुनिक मोडेल
    विक्रम बुढाथोकी – नाई नाई नभन

    ३) लोकपप संगीतकार
    यादवनाथ योगि – गालै कोठिमा

    ४ ) आधुनिक संगितकार
    ऋषी खड्का – पथ्थरको मुटु

    ५ ) भोटिङ अवार्ड
    उत्साह घिमिरे – जस्लाई मैले

    ६) ईनकरजमेन्ट अवार्ड मेल
    लभ कुमार भट्ट – प्याउलि फुल

    ७ ) ईनकरजमेन्ट अवार्ड फिमेल
    कविता न्यौपाने – नन्दनी

    १६) सर्वोत्कृष्ट छायांकन आधुनिक / लोकपप
    प्रकाश खड्का – भाग्यमा खोट छ २ तिम्लाई नोटले बदल्यो

    १७) सर्वोत्कृष्ट भिडियो सम्पादन (आधुनिक / लोकपप )
    मिलन विश्वकर्मा – नोगेन

    १८) सर्वोत्कृष्ट नव मोडेल महिला (आधुनिक / लोकपप)
    सरस्वती खत्री – रेलको बाटो

    १९) सर्वोत्कृष्ट नव मोडेल पुरुष (आधुनिक / लोकपप)
    विजय पुन – पत्थरको मुटु

    २०) सर्वोत्कृष्ट सुगम संगित मोडेल महिला (आधुनिक / लोकपप) स्मारिका ढकाल – धोकेबाज

    २१) सर्वोत्कृष्ट सुगम संगीत मोडेल पुरुष (आधुनिक / लोकपप)
    शिशिर भण्डारी – फोटो फिरिममा

    २२)सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक लोकपप
    लक्षमण सुनार – रेलको बाटो

    २३) सर्वोत्कृष्ट संगित संयोजक ( आधुनिक / लोकपप )
    HBN Kismat सारङकोटको डाडैमा

    २४) सर्वोत्कृष्ट ध्वनी मिश्रण ( आधुनिक / लोकपप )
    जिवन वडु – यो भाग्यमा खोट छ – एलिना

    २५) सर्वोत्कृष्ट नव रचनाकार सुगम संगीत
    खोम गुरुङ – आगोले जल्दिन दिल

    २६) सर्वोत्कृष्ट नव संगीतकार सुगम संगीत
    नवराज कलौनि – घुम्तिमा रेल

    २७) सर्वोत्कृष्ट नव गायिका सुगम संगीत
    तारा शिरीष मगर – वैसको हुरिले

    २८)सर्वोत्कृष्ट नव गायक सुगम संगीत
    भुपेन्द्र थापा – मेरि आमा

    २९)सर्वोत्कृष्ट सुगम संगीत रचनाकार
    खड्क विवस बिसि – छुट्यो भाग्य

    ३०)सर्वोत्कृष्ट सुगम संगीत संगीतकार
    सुनिल विसि – उस्लाई पाउन

    ३१)सर्वोत्कृष्ट सुगम संगीत गायिका
    एलिना चौहान- भाग्यमा खोट छ

    ३२)सर्वोत्कृष्ट सुगम संगीत गायक
    शिव परियार – धोकेबाज

    ३३)सर्वोत्कृष्ट एल्बम ( आधुनिक तथा लोकपप )
    पदम राई – सख्खर चिनी

    ३४) सर्वोत्कृष्ट जुरि लगायत अन्य विधा
    १)सर्वोत्कृष्ट मल्टी ट्यालेन्ट
    खेम सेन्चुरी – मन परेको मान्छे

    २) लोकदोहोरी गायिका
    शान्ती श्री परियार – घर कता हो

    ३) लोकदोहोरी गायक
    बैकुण्ठ महत – टिम्मुर

    ४) लोकपप रचनाकार
    सरदराज मैनाली – तिमिलाई नै माया

    ५) एप्रेसियसन अवार्ड
    प्रज्ञा अधिकारी – तिमिलाई नै सम्झीरहन्छु

    ३५) सर्वोत्कृष्ट नव प्रतिभा राप्ती
    मदन थापा – मायाको भोको

    ३६)सर्वोत्कृष्ट छायांकन (लोक दोहोरी)
    अजय रेग्मी – जोवन

    ३७) सर्वोत्कृष्ट भिडियो सम्पादन (लोक दोहोरी)
    प्रकाश धमला – याद

    ३८) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो (नव) मोडल महिला
    गीता ढुंगाना – चौका दाउ

    ३९) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो (नव) मोडल पुरुष
    सरोज प्रजा – बासको कप्टेरो

    ४०) सर्वोत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो मोडल महिला
    समारिका ढकाल – बन्दुक भरुवा

    ४१) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल पुरुष
    ओवि रायमाझी – रमरम मरौटी

    ४२) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
    मौसम हिमाली – घर कता हो

    ४३)सर्वोत्कृष्ट संगीत संयोजक (लोक दोहोरी)
    विशाल निरौला – ए झरि

    ४४)सर्वोत्कृष्ट ध्वनी मिश्रण (लोक दोहोरी)
    खड्ग बाजुराली – सुर्ती मार्दा मार्दै

    ४५)सर्वोत्कृष्ट नव दोहोरी शब्द
    रमेश शर्मा – जिन्दगी नै धरापमा पार्दिन्छु

    ४६)सर्वोत्कृष्ट नव दोहोरी भाका
    प्रेम कुमार बस्नेत – बटौलीमा

    ४७)सर्वोत्कृष्ट नव गायिका लोक दोहोरी
    विमता जिएम – जाम साईली

    ४८) सर्वोत्कृष्ट नव गायक लोक दोहोरी
    वसन्त विश्वकर्मा – रेलिमै

    ४९) सर्वोत्कृष्ट लोक दोहोरी शब्द
    शिव अखेली – ढुंगे धारा

    ५०) सर्वोत्कृष्ट लोक दोहोरी भाका
    श्री कृष्ण बम मल्ल – डाडाँ घरे साईली

    ५१) सर्वोत्कृष्ट लोक दोहोरी गायिका
    लक्ष्मी मल्ल – डाडाँघरे साईली

    ५२) सर्वोत्कृष्ट लोक दोहोरी गायक
    सुर्य खड्का – ढुंगे धारा

    ५३) सर्वोत्कृष्ट एल्बम लोकदोहोरि
    शम्भु कुंवर – धोबी बगर

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु