• विदेशिएका नेपालीलाई रूवाउने गीत आउँदै ! प्रमाणित चल दृश्य सहित

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०७४, बुधबार

    मंसिर १३, काठमाडौं । आजभोलि गाउँघरका अधिकांश युवा कामको खोजीमा बिदेसिएका छन् । उनीहरू दुःख गरेर पनि परिवारलाई रकम पठाउँछन् । परिवार र भन्नु पर्दा समग्र देशनै रेमिट्यान्सले बाचेको  छ । रेमिट्यान्सले नेपालको अर्थतन्त्र र नेपाली समाजमा महत्त्वपूर्ण भूमिका खेलेको छ  । नेपालमा अधिकांश परिवार प्रत्यक्ष तथा परोक्ष रूपमा रेमिट्यान्समा आश्रित छन् ।

    माओवादीले गरेको दसबर्से सशस्त्र द्वन्द्वको क्रममा पनि रेमिट्यान्सले देशलाई टेवा पुर्‌याएको थियो । नत्र देशको अर्थतन्त्र नै धराशायी हुन्थ्यो । त्यस्तै भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन र विनासकारी भूकम्पको बेलामा पनि रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्यो । रेमिटान्स भित्र्याउनमा योगदान पुर्याएका युवाहरूको कथा, ब्यथालाई समेटेर विदेशिएका सबै नेपालीलाई रूवाउने गीत बजार आएको  छ ।

    मनोज राजको स्वरमा एउटा अत्यन्तै मार्मिक  ”म परदेशमा पल पल आँशु सँग खेल्छु, रेमिट्यान्सले देश बचाउँछु बरू दुख झेल्छु” बोलको गीत आलाप रेकर्डिड. स्टुडियोमा रेकर्ड भएको छ । सुबिसुधा आचार्यको शव्द, छबिलाल भन्डारीको संगीत रहेको यस गीतको एरेन्ज झलक संगीतम् ले गरेका छन् ।

    गीतको म्युजिक भिडियोको निर्देशन कोरियामा रहेका नेपाली कुशल निर्देशक कमल वलीले गर्दै छन् । आफन्तको साथबाट टाढा रहेर विदेशिएका लाखौं नेपालीहरूको विदेशको दर्दनाक पीडा, दुख ब्यथा जस्ताको त्यस्तै गीतमा उतारिएको छ । यो गीत सुनेर विदेशिएका नेपाली युवाहरू नरूने कमै हुनेछन् ।

    सत्य र निश्पक्ष समाचारका लागि गीत रेकर्ड भएको प्रमाणित चल दृश्य तलको लिंकमा

    https://www.facebook.com/100007990399463/videos/2018229711786689/

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु