
२८ पुष, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे देशभक्ति गीतको भिडियोमा देखिएका छन् । उनीद्वारा रचित राष्ट्रियभावले ओतप्रोत भएको गीत ‘पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची’ मा राष्ट्रकवि घिमिरेलाई देख्न सकिन्छ । शिव परियारको स्वरमा रहेको यस राष्ट्रभक्ति गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । संगीतकार सन्तोष श्रेष्ठको २१ औं एल्बम सुरक्षामा समावेश रहेको गीतमा राष्ट्रकविको अभिनय रहेको हो ।
म्यूजिक भिडियोलाई वरिष्ठ पत्रकार शान्तिप्रियले निर्देशन गरेका हुन् । वीरेन्द्र भाट विपिनको छायाँकन र सम्पादनमा तयार भएको यस भिडियोमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश, गायिका नायिका सारिका घिमिरे, कलाकार निर्मल शर्मा, पत्रकार सुमन बैरागीको अभिनय रहेको छ । गीतलाई गोल्डेन क्रियशनले उत्पादन एवं बजार प्रबद्र्धन गरेको हो ।