
काठमाडौं, ८ माघ । पछिल्लो समयमा निकै नै चर्चा कमाउन सफल गायक तुलसी शिवाकोटीको प्रस्तुतिमा दर्शक रमाउन पााउने भएका छन् । शिवाकोटीको केही समय अगाडि मात्र रिलिज भएको ‘म त सिधा साधा’ बोलको गीतले निकै चर्चा र सकारात्मक समिक्षा पाएको थियो ।
‘सेवा नै धर्म’ भन्ने मूल नाराका साथ नेपालमा रहेको संयुक्त अपांग एकता केन्द्रको सहयोगार्थ आयोजना हुने सांस्कृतिक कार्यक्रममा शिवाकोटी सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।
कार्यक्रम यहि फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे का दिन जर्मनको हेम्बर्ग सहरमा हुने भएको छ । स्थानिय समाजसेवी सरोज श्रेष्ठका अनुसार कार्यक्रमबाट उठेको रकम उक्त संस्थालाई दिइने छ ।