माघ १०, काठमाडौं । गीतकार नुतन भुषालको मन छुने शब्द रहेको गीत ‘तिमीलाई चोट लाग्ला भनी’को म्युजिक भिडियो सार्बजनिक भएको छ । मातृत्वको भाब समेटिएको उक्त गीत युटुबमार्फत रिलिज गरिएको हो ।
दिपक शर्माको संगीत अनि उदय राज पौडेलको एरेन्ज रहेको गीतलाइ जुना प्रसाईंले गायकी छिन । नुतन खण्ड २ भित्र समेटिएको सो गीतको भिडियो काठमाडौँको कीर्तिपुरमा खिचिएको हो ।
बिशेषगरी सन्तानप्रति आमाले गर्ने त्याग अनि मायालाई गीत ले उठान गरेको छ । भोला तिमल्सिना ९भोला दीप यात्री ० को निर्देशन रहेको छ । बिरेन्द्र भट्टको छायांकन रहेको गीतमा रीतिका पौडेल र बाल कलाकार रिदम सुबेदीको अभिनय रहेको छ । भिडियोमा दिक्षा पोख्रेल र निर्देशक तिमल्सिनाको पनि अभिनय रहेको छ ।
‘तिमीलाई चोट लाग्ला भनी’ हेर्नुहोस् भिडियो: