राजु र योगेन्द्रको यात्रा सफल

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७०, बुधबार

काठमाडौं, १४ फागुन । पुराना हस्ती जो अहिले पनि उत्तिकै सफल छन् यी हुन् संगीतकार राजु सिंह । उनका संगीत पहिला जति चर्चायोग्य थिए अहिले पनि उत्तिकै चर्चित बनिरहेका छन् । राजु सिंह भन्नुपर्दा एउटा सदाबहार संगीतकार हुन् भन्दा पनि फरक पर्दैन । त्यस्तै सफल गीतकारका छवि बनाएका गीतकार हुन् योगेन्द्रमणि दाहाल । उनका गीतका शब्दहरुले पनि धेरैको मन जित्न सफल भएका छन् । थोरै होस् तर राम्रो र सफल गीत लेखियोस् भन्ने उनको सोचाइलाई उनका गीतका शब्दहरुले पनि सफलताको श्रेणी थपिदिएको छ । यिनै गीतकार योगेनद्रमणि दाहाल र संगीतकार राजु सिंहको संयुक्त यात्रा हो यात्रा–२ । यात्रा एक जसरी सफल भएको थियो त्यसैगरी यात्रा–२ पनि सफलताको श्रेणीमा माथि चढिरह्यो ।
यात्रा–२ बाट यस वर्ष धेरै अवार्डहरु प्राप्त गरे गीतकार दाहाल र संगीतकार सिंहले । म्यूजिक खबर म्यूजिक अवार्ड २०१३ मा उत्कृष्ट संगीतकार, गायक, एरेन्जर र एल्बमको अवार्डसहित पाँच विधामा अवार्ड जित्न सफल भएको थियो यात्रा–२ एल्बमले । त्यस्तै हिट्स एफएम म्यूजिक अवार्डमा पनि गायक दीप श्रेष्ठ, संगीतकार राजु सिंह र गीतकार योगेन्द्रमणि दाहालले ह्याट्रिक गर्न सफल भएका थिए । त्यसपछि यात्रा–२ को अवार्डको यात्रा अघि बढ्दै गइरह्यो । त्यसपछि निरन्तर कुनै न कुनै विधामा अवार्ड पाउँदै आएको यात्रा–२ ले यस वर्षको पछिल्लो अवार्डका रुपमा राष्ट्रिय रापती म्यूजिक अवार्डमा पनि सफलताको सूची कायम राख्यो । उत्कृष्ट एल्बमसहित तीन विधामा अवार्ड जित्न सफल यात्रा–२ ले उत्कृष्ट संगीतकार राजु सिंह र उत्कृष्ट ध्वनि मुद्रणबाट किशोर थापालाई अवार्ड दिलायो । बादलहरु हो बोलको गीत र तिम्रो आँखामा बोलको गीतबाट अवार्ड चुमिरहेका गीतकार योगेन्द्रमणि र राजु सिंह यात्रा–२ जस्तै अर्को गीतिसंग्रह माया नै मायाले पनि अवार्ड चुमिसकेको छ । उक्त एल्बमबाट संगीतकार राजु सिंहले अवार्ड उत्कृष्ट पप संगीतकारको अवार्ड चुमिसकेका छन् । यसरी हेर्दा दाहालको शब्द होस् या सिंहको संगीत यस वर्ष उत्कृष्टताको श्रेष्णीमा उचाइ चुम्दै गइरहेको छ ।

yatra2

 

raju-singh

Musickhabar Music Award 2013

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु