
काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्र खस्कंदो क्रममा भएपनि नयाँ सर्जिनाहरु रोकिएको छैन । दिनप्रतिदिन नयाँ–नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । त्यसै क्रममा युवा नवगायक पवन राना र रन्जिता थापाको स्वरमा ‘खैजडीको तालै सुनेर’ वोलको कौरा गीत सार्वजनिक गरेका छन् ।
हमाल म्युजिकको प्रस्तुतिमा रहेको यस कौरा गीत ‘खैजडीको तालै सुनेर’मा पवन राना र रन्जिता थापालाई तारा गुरुङ, दुर्गा गुरुङ, तोला चन्द ठकुरी र अनु गुरुङले स्वरमा साथ दिएका छन् । गीतले गुरुङ समाज, जातित्व तथा गुरुङको मौलिकपन बोकेको छ । गीतमा निकै मिठासपन पाईन्छ ।
गीतलाई तारा गुरुङले लेखेका हुन् भने गीतको लय पनि गुरुङले नै भरेका हुन् । गीतका शब्दहरुले सम्पुर्ण दर्शक तथा स्रोताहरुको मन छुनेमा गायक पवन बिश्वस्त रहेका छन् । गीतलाई फरक ढगबाट म्युजिक भिडियो निर्माण गरीएको । जसलाई तारा गुरुङले नै निर्देशन गष्रेका हुन् ।
गीतमा दिप कोके गुरुङको कोरियोग्राफी रहेकोछ । जसमा सबिता राना मगर र साथीहरुको शसक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलई सम्भु चालिसेले छायांकन गरेका हुन् भने सुजन शाहीले म्पादन गरेका हुन् ।