वीर गोर्खालीको छयांकन सुरु

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७०, बुधबार

काठमाडौं । सम्पूर्ण वीर गोरर्खालीको वीर गाथामा आधारित चलचित्र ‘वीर गोर्खाली’को पोखराका बिभिन्न रमणीय स्थानमा मंगलवारबाट छायाँकन सुरु भएको छ । हाईट एण्ड डेफ्थ फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘वीर गोर्खाली’का प्रस्तुतकर्ता सञ्जयबाबु ढकाल हुन ।
अविनाश गुरुङ, गरिमा पन्त, भीम गुरुङ, रुपा राना, रुद्र गुरुङ, गोविन्द के.सी., शम्भु थापा आदिको मूख्य अभिनय रहेने ‘वीर गोर्खालीमा विमल पौड्याल र शीव घिमिरेको संयुक्त निर्देशन रहने छ । नेपालको केही स्थानको छायाँकन सकाएर भारतको समेत विभिन्न स्थानमा छायाँकन हुने ‘वीर गोर्खाली’मा द्वन्द्व राजेन्द्र खड्गी, नृत्य राजु शाह, सङ्गीत लक्ष्मण शेषको रहने छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु