• अल्विनाले चुमिन् ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७५, शनिबार

    काठमाडौं । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अल्विनाले अर्को उपाधि मिस व्युटिफुल सहित मुख्य उपाधि जितिन् । उनले ‘टिन प्रिन्सेस नेपाल भए बापत क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेशनबाट आईएल्स् कोर्ष र विभिन्न उपहार प्राप्त गरिन् ।

    सो प्रतियोगितामा समिना नकर्मी फस्ट रनर अप, सविना धानुक सेकेन्ड रनरअप बन्न सफल भए । अन्य उपाधि तर्फ मस्ट पपुलरमा मोमिला भुजेल मगर, बेस्ट पर्सनालिटीमा निशा लता राई, मस्ट फोटोजेनिकमा आरती चौलागाई, मस्ट डेडिकेटेडमा तारा दयाल, बेस्ट क्याटवाकमा शान्ति ढकाल, बेस्ट स्माईलमा आस्मा खड्का, मस्ट ट्यालेन्टमा सविना धानुक चयन भए ।

    किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको र्याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले बताईन् ।
    टिन प्रिन्सेस नेपाल–२०१८को निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, चर्चित अभिनेता प्रदीप खड्का, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्त प्रकृतिलगायत थिए । मोनिका श्रेष्ठ र दिग्बिजय श्रेष्ठको संयोजनमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफरमा आश्विनी झा थिए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु