
असोज ९, काठमाडौं ।
रगत हाम्रो रातो नै थियो, फरक थिएन ! माया त हाम्रो दुबैको थियो, जातैले दिएन !!
प्रस्तुत हरफहरु गायक सौगता आचार्यको सन्देशमुलक आधुनिक गीत ‘रगत हाम्रो रातो नै थियो’ बोलका अंशहरु हुन् । गीतमा गायक सौगात स्यम्को शब्द तथा संगीत गीतमा रहेको छ । आजको समय सम्म पनि जातको र वर्ण प्रतिको विभेदमा परेका युवा युवतीको प्रेमलाई गीतमा रुपमा समेटिएको छ ।
अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा सन्तोष पौडेलको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतको सम्वेदशिलता अनुसारको अभिनय सौगात आचार्य र मुस्कान आचार्यको रहेको छ ।
हेर्नुहोस भिडियो :