• निष्ठुरीको यादमा रुँदै विष्ट (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २१ चैत्र २०७०, शुक्रबार

    काठमाडौं, २१ चैत । प्रेम वियोगमा रुनेहरु संसारमा नै धेरै व्यक्ति होलान् । प्रेम पीडामा रुँदारुँदै कसेले त आत्महत्या नै गरेको घटनाहरु पनि सुन्न पाइन्छ भने धेरैले वियोगमा नै गीत सिर्जना गर्ने र आफ्नो आँसुलाई पुछ्ने गर्छन् । गीतकार हरि विष्ट पनि आजभोलि निष्ठुरीको यादमा तड्पिँदैछन् । निष्ठुरीको यादमा तड्पिएर गीतकार विष्टले धेरै गीत लेखिसकेका छन् । अर्काको जोडी हेरेर आफ्नो विछोडको भावलाई उनले राम्रोसँग शब्दमा उतार्ने गर्छन् । एउटा सबल गीतकारमा हुने क्षमता विष्टभित्र पनि लुकेको रहेछ भन्ने प्रेम वियोगका गीतहरुले देखाइदिएका छन् ।
    विछोडमा एल्बमको निरन्तरतामा उनले भाग १ र २ बजारमा ल्याइसकेका छन् भने ३ लाई बजारमा ल्याउने तयारीमा रहेका छन् । विछोडमा शब्द नै उनले किन निरन्तरता दिए भन्नेमा चाहिँ उनका शब्दहरुले नै प्रमाणित गरिदिएका छन् ।

    निष्ठुरीको छेउमा रुनु रैछ पानी पोखेजस्तो
    चोखो माया दिँदा पनि किन आज भयो सस्तो

     

    व्यथा पनि एकान्तमा याद आउँदा दुख्दो रैछ
    दुई धड्कन एकै भन्थे बल्ल था भो टाढा रैछ
    फकाइ फकाइ रुख चढाइ रैछ बानी फेद काट्ने
    निर्दोष यी भावना मेरा भन कतिसँग साट्ने

    ……………..
    उनका शब्दहरुले नै प्रेम वियोगलाई प्राथमिकतामा राखेको छ । सायद उनी पनि यही प्रेम वियोगका शिकार भएका होलान् भन्दा फरक नपर्ला । उनका शब्द र संगीतमा जसरी प्रेम वियोगलाई मिठास भरिएको छ त्यसैगरी गायक स्वरुपराज आचार्यले पनि स्वरको माधुर्यतालाई पस्किदिएका छन् । गीतकार हरि बिष्टले गीतसंगीतको निरन्तरतामा फरक फरक शैलीलाई एकै ठाउँमा लिएर जाने सोचका साथ अघि बढे पनि प्रेम वियोग र राष्ट्रियतालाई भने मध्यनजर गर्दै आएका छन् । उनका प्राय शब्दहरुले कि राष्ट्रियता र प्रगतिशील बाटो रोजेको हुन्छ भने कि प्रेम वियोगमा तड्पिएका प्रेमीहरुलाई केन्द्रित गरेको हुन्छ ।

    20140220_165454-1

     

    [youtube]https://www.youtube.com/watch?v=SLzU7u3GWHo[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु