
गायक एवं संगीतकार गोविन्द मधुर आचार्य र गायिका बसन्ता प्रकृतिको स्वरमा रहेको ‘परदेशी हुँदा’ मार्मिक गीत सार्वजनिक भएको छ । गीत हेरेपछि जोकोहिको मन छुनेछ, परदेशी जीवन बिताइरहनु भएका दाजुभाई दिदीबहिनीको त यो गीत सुनेपछि आँशु नै आउनेछ । गीत सार्वजनिक भएसँगै कमेन्टमा सबैले रुवाउने अत्यन्तै मार्मिक गीत भनेर राम्रो प्रतिक्रिया पाएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको ‘परदेशी हुँदा’का शब्द शिव शर्मा ‘चञ्चल’ले लेखेका हुन् । संगीत र एरेञ्ज गायक स्वयं आचार्यको हो ।
विदेशमा बस्ने युवाहरूको कथा व्यथलाई गीतमा उतारिएको छ । गीतमा विशेष गरेर आमाछोराको पीडालाई समेटिएका छ ।
म्युजिक भिडियोको निर्देशन शिव पुरीले गरेका हुन् । भिडियोमा राजकुमार, अञ्जु देउजा, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् ।
देशिको पिडालाई यथार्थ रूपमा प्रस्तुत गर्नु भएको छ
गीतको मेलोडी पनि राम्रो छ । ‘परदेशी हुँदा’ हेर्नुहोस् भिडियो