• ५० लाख ठगीमा निर्मात्री प्रज्ञा जोशी पक्राउ

    म्यूजिक खबर
    प्रकाशित: १८ चैत्र २०७५, सोमबार

    इटहरी । निर्मात्री तथा कलाकार प्रज्ञा जोशी ५० लाख ठगीको आरोपमा पक्राउमा परेकी छिन । उनलाई ५० लाख ठगी गरेको भन्दै उजुरी दर्ता भएपछि आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

    निर्मात्री जोशीले जग्गा सम्बन्धि लेनदेन काममा ५० लाखको चेक दिइएकी थिइन् । तर सो चेकमा पैसा नभएको चेक बाउन्स भएपछि उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको थियो । सोही अनुसार उनी पक्राउ परेको जनाइएको छ ।
    सोमवार उनलाई इटहरीबाट काठमाडौं ल्याइँदैछ । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी थिइन् । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    जोशीले केही चलचित्र निर्माणसँगै दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् । उनले ’न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ’नोटबुक’, ’सम्झना’, ’सपुत’ फिल्म निर्माण गरेकी छन् । ’कान्छी नानी’, ’तिमी मात्र तिमी’ लगायतका फिल्ममा अभिनय पनि गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु