सुरेन्द्र ठाकुर शर्माको ‘सयौँ जुनी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७६, सोमबार

नेपाली संगीतमा राम्रो सम्भावना भएका गायक  सुरेन्द्र ठाकुर शर्माको आवाजमा रहेको ‘सयौँ जुनी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमका सुवासहरुलाई निकै मार्मिक रुपमा समेटिएको छ । प्रेम सबै भन्दा पवित्र भएको कुरा गायकले गरेका छन । गीतमा  पदम गहतराजको शब्द तथा सन्तोष श्रेष्ठको गीतमा संगीत संयोजन रहेको छ । मनोज डिसीको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा दिल बहादुर राई र शुकमाया तामाङको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु