• संगीतकार बिजु बज्रको असामयिक निधन

    म्यूजिक खबर
    प्रकाशित: १५ बैशाख २०७६, आईतवार ०५:१४

    काठमाडौं । संगीतकार विजु बज्रको असामयिक निधन भएको छ । आज विहान ११ बजेतिर घरबाट बाहिर बाइकमा निस्कन लाग्दा अकस्मात लड्न पुगेको र तत्काल उपचारका लागि सिभिल हस्पिटल पु¥याइए पनि निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा राखिने संगीतकार संघका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिनुभयो ।

    गुल्मी जिल्लाको मुसिकोट वामी टक्सारमा जन्मिएका संगीतकार बिजु बज्र केही समयदेखि मुटु रोगको विरामी हुनुहुन्थ्यो । लामो समयसम्म विरामी हुनुभएका उहाँको स्वास्थ्य सुधार भएर आफ्नो काममा व्यस्त हुँदै आउनुभएको थियो ।

    विजु बज्र चालिसको दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ । नेपाली गीतसंगीत प्रेमीहरुलाई एउटा संगीतकार, गीतकार, रेकर्डिष्ट बिजु बज्रले नेपाली मूलधारको गीतहरुमा धेरै संगीत दिनुभएको छ । गीतकार उत्तम नेपाली, शशिविक्रम शाहदेखि समकालिन गीतकारहरुसँग सहकार्य गरिसकेका छन् । उनले संगीत भरेका गीतहरुमा फत्तेमान राजभण्डारी, योगेश वैद्य, कर्णदास, सुगम पोखरेल, रेश्मा सुनुवारलगायत दर्जनौं गायक गायिकाहरुले स्वर दिइसकेका छन् । मै ठूली भइछु रे, विस्तारै छायो आँखामा अँध्यारोजस्ता गीतहरुमा संगीत भरेका छन् । म्यूजिक खबर परिवार संगीतकार बिजु बज्रप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।


    मुटु रोगबाट पीडित बिजु बज्रलाई सहयोगको अपिल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु