गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा सजिएको नयाँ गीत ‘ धोकेबाज ’को भिडियो सार्वजनिक भएको छ । मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा इन्द्र दाहाल शिशिरले निकै मज्जाले समेटेका छन । गीतको भावलाई कलात्मक रुपमा समेटनको लागी नविन गुरुङले गीतमा लय सिर्जना गरेका छन ।गीतलाई सन्तोष तिम्सिनाको छायाँकन ,राजेश कुमार को सम्पादन , ओम श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भिडियोमा सोभा भण्डारी र इन्द्र दाहालको अभिनय रहेको छ ।