रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घण्टासम्म नृत्य गरेर युगल नृत्यमा वर्ल्ड रेकर्ड राख्ने भएका छन् । जेठ २ गते रिपोर्टर्स क्लव, भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको हो । जेठ ११ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डका नेपाल प्रतिनिधिहरुको उपस्थितिमा उनीहरुले नृत्य गर्ने कुरा थाहा भएको छ । यसअघि रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले अमेरिकाका ब्रेट ग्रिस र जेनिफर ग्रिसले लगातार ३८ घण्टा ३० मिनेट नाचेर बनाएको युगल नृत्यको विश्व रेकर्डलाई श्रेष्ठ दिदीबहिनीले तोड्ने भएका हुन् ।