• हेमन्त कान्छा र अमृता नेपालीको ‘झुठो माया’

    म्यूजिक खबर
    प्रकाशित: १८ जेष्ठ २०७६, शनिबार ०९:४८
    hemanta kanchha rasaily

    काठमाडौं । नोपली गीत संगीतमा केही फरक गरौं भने सोच लिएर सांगीतिक क्षेत्रमा उदाएका हेमन्त कान्छा रसाइलीले यतिबेला पुरानो गीत ‘सधैं दुख्यो मेरो दिलको घाउ’ लाई फरक तरिकाले प्रस्तुत गरेका छन् ।

    पछिल्लो समय उनको स्वरमा आएको बालापनको चर्चा सेलाउन नपाउँदै पुरानो गीतको रिमेक भर्सनमा उनले ‘सधैं दुख्यो मेरो दिलको घाउ’ बजारमा ल्याएका छन् ।

    हरेक किसिमको गीतलाई न्यायपुर्वक गाउन र सारङ्गीमा ढाल्न सक्ने हेमन्त कान्छाले धेरै दिग्गज कलाकारहरुको गीत आफ्नो नयाँ प्रस्तुतिमा अझ भनौ सारङ्गी रेटेरै दर्शक माझमा पस्किसकेका छन् । केहि समय अगाडि उनी आफैले शब्द संगीत संयोजन गरेर गाएका गीत “बालापन”ले पनि सर्वाधिक चर्चा कमाउन सफल रह्यो । अहिलेसम्म सम्म बालापन दर्शक स्रोता माझ गुन्जिरहेको छ, सामाजिक सञ्जाल र टिकटक मा पनि निकैनै चर्चा छ उक्त गीतको ।’

     

    उनै गायक हेमन्त कान्छाले निकै मनछुने पुरानो गीत “सधै मेरो दुख्यो दिलको घाउ” बोलको गीतलाई आफ्नो सारङ्गीमा ढालेर न्यायका साथ गायिका अमृता नेपाली सँग संयुक्त स्वर भरेर बजारमा ल्याएका छन् । दीपक क्षेत्री र रामु नेपाली द्वारा लिखित गीत “दुख्यो दीलको घाउ” लाई कभर जस्तै गरेर आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

    गीतको भिडियोलाई विक्रम काउछा मगरले छायाँकन एवं निर्देशन गरेका छन् भने हुम गैरेले सम्पादन गरेका छन् । भिडियोमा हेमन्त कान्छा र अमृता नेपाली आफैं प्रस्तुत भएर चौतारीमा बसेर विरहका वेदना पोखेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु