
लोकप्रिय गायिका शान्ती श्री परियार र मनोज घिमिरेको आवाज रहेको “बेवारिसे लाश“ बोलको गीत सार्वजनिक भएको छ । गलबन्दी हिट भए सँगै शान्ती पनि चर्चामा छिन । उनले आवाज दिएका हरेक गीतहरु अहिले चर्चाको सिखरमा पुगिरहेका छन । मनोज घिमिरेको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा देव क्षेत्रीको निर्देशन रहेको छ भने सिमा, देव, परि र मनोजको अभिनय रहेको छ । गितलाइ भायोलिन नेपालको यूट्युव च्यानलबाट सार्वजनिक गरीएको छ ।