अघौरी बाबा पहिलो पटक म्यूजिक भिडियोमा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७६, बुधबार

काठमाडौं । सूर्य दयालुको स्वर सङ्गीत र श्यामप्रसाद पौडेलको शब्द रहेको गीत ‘तिमीसँग मैले विताएका’ गीत सार्वजनिक भएको छ । रेडियो नेपालमा स्वर परिक्षा पास गरेर यो क्षेत्रमा आधिकारिक रुपमा आफूलाई होमेका गायक तथा सङ्गीतकार सूर्य दयालुले थुप्रै आधुनिक गीत मार्फत स्रोतारदर्शकको मन जित्न सफल भएका छन् । ‘तिमीसँग मैले विताएका’ गीत निक्कै राम्रो बनेको छ र भिडियो पनि त्यतिकै राम्रो छ, योे भिडियोलाई दर्शकरस्रोताले मनपराई दिनु हुनेछ भन्ने विश्वास लिएको छु, दयालुले भने ।

पछिल्लो समयमा भाइरल अघौरी बाबा पहिलोपटक म्युजिक भिडियोमा देखिएका छन् । भिडियोमा उनी सजलजंग केसी र शान्ति अधिकारीसँगै अभिनय गर्दै देखिएका हुन् । यक्त गीतलाई हरि वाग्लेले निर्देशन गरेका हुन भने भिडियोलाई पवन गौतमले छायाँकन र विश्वास भण्डारीले सम्पादन गरेका हनु् । दुई सय देखी तीन सय भन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका सूर्यले नेपाली बाहेक भोजपुरी, मैथली भाषाका थुप्रै चलचित्रका गीतमा पनि सङ्गीत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु