पेमा वाईबाको ‘सउल घुम्न जाँदामा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

बाठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय रहँदै इपिएस मार्फत कोरिया पुगेका गायक पेमा लामाको (वाईबा) ‘सउल घुम्न जाँदामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भए संगै चर्चाको शिखरमा रहेको छ । कर्मभूमि कोरियामा भए पनि नेपाली गीत संगीत आफूलाई समाहित गर्न भने छाडेनन । “सउल घुम्न जाँदामा” बोलको गीतमा गायक वाइवाले आफ्नो स्वर र संगीत दिएका छन् । उक्त गीतको भिडियोलाई रिकमान थापा मगरको निर्देशन रहेको छ भने सोही गीतको भिडियोमा गायक वाईबा र नानु पुनको अभिनय रहेको छ । यस गीत कोरियाको राजधानी सउल, दोङदेमुनको वरिपरि रमणीय ठाउंहरुमा छायांकन गरिएको हो भने भिडियोमा भिसन काउचा मगरको छायांकन, र दिपक बिष्ट को सम्पादन रहेको छ । उक्त गीतलाई हाई लाइट्स नेपालको युट्युवच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु