• शंकर लामिछानेको स्मृति दिवस मनाइयो, लामिछानेका चार पुस्तक एक बनाई सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ११ माघ २०७६, शनिबार

    काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले साहित्यकार लामिछानेको सम्झना गर्दै कार्यक्रम गरेको छ । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष मोहन सिटौला रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि सिटौला, अध्यक्ष लेकालीले शङ्कर लामिछाने र प्रतिष्ठानबारे बोलेका थिए । सो कार्यक्रममा निबन्ध शिरोमणि शङ्कर लामिछानेको निबन्धकारिताबारे क्रमशः समालोचकहरू प्रमोद प्रधान, ज्ञानु अधिकारी र महेश पौडेलले आ आफ्नो मन्तव्य राखेका थिए ।
    Shankar Lamichhane

    सो अवसरमा श्रीमती रत्ना लामिछाने, प्रतिष्ठानका कोषाध्यक्ष पदमावती सिंह, निबन्धकार युवराज नयाँघरे, दया फाउन्डेसनका उपाध्यक्ष मिखा माथेमा, रञ्जना निरौलासमेत आआफ्नो मन्तव्य राखेका थिए । सोही कार्यक्रममा बुक हिल प्रकाशनले शङ्कर लामिछानेका चार कृतिहरू क्रमशः एब्स्ट्र्याक चिन्तनः प्याज, गौँथलीको गुँड, गोधुली संसार र विम्ब–प्रतिविम्बलाई एउटै पुस्तककार गरेको प्रकाशनको पनि लोकार्पण गरिएको थियो । यसै गरी प्रतिष्ठानले प्रकाशन गरेको सर्जक रत्नलक्ष्मी श्रेष्ठको चिन्तनपरक लेख सङ्ग्रह ‘नारी शक्तिका पाइला’ को पनि लोकार्पण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु