काठमाडौं । रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको ‘दशा’ गीत सार्वजनिक भएको छ । भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।
मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ ।
गायक परियारले स्वर दिएका गीत आकाशैमा जुन र तारा, कर्णली सलल गीत चर्चामा छन भने निर्देशक पुनले दर्जनौ म्युजिक भिडियो लगाएत ३७ वटा कल्चरल फिल्मको निर्देशन गरिसकेका छन ।