चर्चित नाटक ‘बोक्सीको घर’ अब चलचित्रको पर्दामा

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७७, बुधबार

काठमाडौं । वि.सं. २०७३ को साउन र भदौमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई चलचित्रको पर्दामा आउने भएको छ । तत्कालिन समयमा नाटकमा अभिनेत्री सरीता गिरीको एकल अभिनय रहेको थियो । करिब एक महिना मञ्चन भएको नाटकका सर्जक (लेखक, निर्देशक) सुलक्षण भारती हुन् ।

उनै सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्दैछन् । केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी पनि मूख्य भूमिकामा रहने भएका छन् । चलचित्रका अन्य पात्रहरुका लागि कलाकारहरुको छनौट हुँदैछ । त्यसका लागि आगामी साता खुला अडिशन कल गरिनेछ ।
विगत डेढ महिनादेखि हामी वर्कसप र प्रिप्रोडक्सन चरणमा छौं । चार महिनाको वर्कसपपछि चलचित्रको छायांकनमा जाने निर्माण पक्षले बताएको छ ।

यथार्थपरक चलचित्रको रुपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहनेछन् ।
चलचित्र ‘बोक्सीको घर’लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दै छन् भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी रहेका छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु