‘भ्रष्टाचार र विकृति’विरुद्ध श्रीकृष्णको व्यङ्ग्य ‘चार करोडको मोटर’

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७७, शुक्रबार

काठमाडौं । सामयिक राजनीतिकले जनतामा देखाएको असन्तुष्टिसँगै भ्रष्टाचार र विकृतिविरुद्ध ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिंखडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दुई दशकदेखि हाँस्यव्यंग्यमा छुट्टै पहिचान बनाउन सफल सिम्खडाले विश्वव्यापी महामारी कोरोना कहरबीच पनि ‘भ्रष्टाचार र विकृति’ मौलाएको विषयलाई भिडियोमार्फत जनचेतना फैलाएका हुन् ।
आफू स्वयं पनि कोरोना महामारीको सिकार भइसकेका सिंखडाले ‘चार करोडको मोटर’ शीर्षकको भिडियोमार्फत सामाजिक, राजनीतिक र सबै तप्काका जनताका आवाज बुलन्द गरेका छन् । ‘कोरोनाको नाममा धेरैले कमाइरहेका छन्, यस्तो संवेदनशीन घडीमा पनि जनताप्रति राज्यको कुनै जिम्मेवारी देखिएन,’ सिंखडाले भने – यही विषयवस्तु मैले म्युजिक भिडियोमार्फत उजागार गर्ने प्रयास गरेको छु ।’

चार करोडको मोटर
बिरामीलाई स्वाँस्वा
अनि छैन भेन्टिलेटर‘
३ मिनेट ४४ सेकेन्डको भिडियोमा व्यंग्यकर्मी सिंखडा स्वयंले मुख्य अभिनय गरेका छन् । पृथक शैलीमा पस्किएको उनको नृत्य हाउभाउले बेग्लै मज्जा दिएको छ । चार महिनाअघि कोरोना संक्रमित हुँदाताकाका पीडा उनले शाब्दिक रूपमा पस्केका छन् । अस्पताल जानेक्रममा त्यही“बाट संक्रमित भएका सिंखडाले झन्डै २१ दिन आराम गरेपछि कोराना निको पारे । ‘म आफैं पनि कोरोना संक्रमित भइसकेका कारण पीडा कस्तो हुन्छ ?’ उनले भने– कोराना महामारीलाई अझै पनि सामान्य ठानेर जनताको भावनामा खेल खेलियो ।
दुई दिन लगाएर काठमाडौं युएन पार्कमा छायांकन गरिएको म्युजिक भिडियोमा सिंखडालाई कृसु बस्नेत, रेनु कोइराला, सविना शिल्पकार, डिना कोइराला र कृतिका सिम्खडाले साथ दिएका छन् । जसलाई लोकचन्द्र थापाले क्यामरामा छायाँकन र सम्पादन सुबिन दाहालले गरेका हुन् । यस भिडियोमा संगीत एवं संयोजन सञ्जय खड्गीले गरेका हुन् । व्यंग्यकार सिम्खडा स्वयंको परिकल्पना, स्वर र रचनाको म्युजिक भिडियो हाइलाइट्स नेपालले निर्माण तथा बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु