• अस्कर अवार्ड २०२१ मा ‘नोम्याडल्यान्ड’ सर्वश्रेष्ठ फिल्म, क्ओल झाओ उत्कृष्ट निर्देशक (सूचीसहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ बैशाख २०७८, सोमबार
    Oscars2021

    एजेन्सी । फिल्म ‘नोम्याडल्यान्ड’ले आज विहान सम्पन्न ९३ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ । क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् । यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा ‘हार्ट लकर’बाट यो विधा जितेकी थिइन् ।

    फ्रान्सिस म्याकडरम्यान्ड यही फिल्मबाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । आर्थिक मन्दीमा सबथोक गुमाएकी एक ६० वर्षिया महिलाले पश्चिम अमेरिकी भूगोल हुँदै गरेको एक यात्राको कथा यसले भन्छ ।

    गतवर्षको निर्देशन विधामा जितेका दक्षिण एसियाली निर्देशक ‘बोङ जो होउ’ले झाओलाई ट्रफी प्रदान गरे । सोनी पिक्चर्सको क्लासिक फिल्म ‘द फादर’बाट एन्थोनी हप्किन्स उत्कृष्ट अभिनेता घोषित भए ।

    मिनारीबाट पहिलो अस्कर जित्ने कोरियाली अभिनेत्री बनिन् यु जोङ उन । नेटफिल्क्स ३६ विधामा मनोनयन भएपनि ७ विधामा मात्र अवार्ड जित्न सक्यो ।

    हेर्नूहोस् पूर्ण सूची :

    फिल्म : नोम्याडल्यान्ड
    निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
    अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
    अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
    सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
    सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
    एडप्टेड पटकथा : द फादर
    मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
    कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
    ओरजिनल स्कोर : सउल
    एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
    डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
    अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
    ध्वनी : साउन्ड अफ मेटल
    प्रोडक्सन डिजाइन : म्यांक
    सम्पादन : साउन्ड अफ मेटल
    छायांकन : म्यांक
    भिजुअल इफेक्ट : टेनेट
    एनिमेटेड फिचर फिल्म : सउल
    मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
    ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु