• सेन्सरबिना नै सलमानको राधे प्रदर्शनमा, चलचित्र कलाकार संघको ध्यानाकर्षण

    म्यूजिक खबर
    प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

    नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर बिना नै हिन्दी फिल्म ‘राधे’ प्रर्दशन भएकोमा नेपाल चलचित्र कलाकार संघले एउटा प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

    संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा शनिबार प्रेसित विज्ञप्तीमा फिल्म प्रदर्शनमा आईसकेपछि सेन्सर भएको भनेर प्रचारमा आउनु र सेन्सर बोर्डका चलचित्रबिज्ञ सदस्यलाई खबर नहुनु झनै आश्चर्यलाग्दो देखिएको छ भनि उल्लेख गरिएको छ ।

    ‘यस सम्बन्धमा सम्बन्धित निकायले के भएको हो प्रष्ट पार्नु पर्दछ र नेपालको डिजिटल प्लेटफर्ममा रिलिज हुने कुनै पनि फिल्मलाई नीति, नियम र कानूनले तोकेको परिधि भित्र राखि प्रदर्शन गरिनु पर्छ भनी हामी सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छौँ भनी विज्ञप्तीमा भनिएको छ ।

    स्मरणीय छ, भारतिय अभिनेता सलमान खान अभिनित बलिउडको नयाँ फिल्म ‘राधे’ नेपालका डिजिटल प्लेटफर्ममा सेन्सर बिना नै प्रदर्शन भएको कुराले पछिल्लो समय चर्चा पाएको छ भने यसभन्दा अघि अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ पनि यसरी नै बिना सेन्सर नेपालको डिजिटल प्लेटफर्म मा रिलिज भएको कुरा यहाँनेर उल्लेखनीय छ ।

    त्यही पृष्ठभूमिमा कलाकार संघले यो विज्ञप्तीमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु