बेली डान्सको भर्चुअल कार्यशाला हुँदै

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार १६:५१
binu-shakya बिनु शाक्य ‘बेली डान्स’

काठमाडौं । बेली रानीको उपनामले चिनिएकी चर्चित बेली डान्सर बिनु शाक्यले ‘बेली डान्स’ सिकाउने भएकी छन् । बिनुले अनलाईन मार्फत ७ दिने ‘बेली डान्स’को कार्यशाला गर्न लागेकी हुन् ।

बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्स को कला प्रस्तुत गर्दै आएकी छिन् । आज भोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ।

त्यसैलाई मध्यनज़र गर्दै बिनु शाक्यले यो कार्यशाला आयोजना गर्न लागेकी हुन् । आफुलाई धेरै इनस्टा /फेसबुकमा फलो गर्न भएकोले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न लागेकी उनले बताइन् । जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ र शूल्क रु १५०० लाग्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु