हाँस्यकलाकार किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार प्रदान गरिने

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७८, आईतवार

काठमाडौं । यस वर्षको वासुदेव लुइँटेल पुरस्कार हाँस्यव्यङ्ग्य क्षेत्रमा आफ्नो चिनारी बनाएका कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७ कलाकार केसीलाई दिने घोषणा गरेको हो ।

गतशुक्रबार साउन १५ गते बसेको गुठीको वैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाई सकेका केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीकचिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हाँस्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरूमध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ ।

वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दातारामशर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडे लगायत लेखकका हाँस्यव्यङ्ग्य सम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हाँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदानगर्ने सुरुवात गरेकाथिए ।
कलाकारसँगै फिल्मनिर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्महो, लक्काजवान ।

रिलिजको लागितयार रहेको फिल्मकोरोनाभाइरसको महामारीका कारण प्रदर्शन हुन् सकेको छैन । यसका साथै उनि पछिल्लो समय विज्ञापन, म्युजिक भिडियो, टेलिफिल्ममा व्यस्त छन् ।

किरण केसी : मलाइ यो पुरस्कारले अझै दायित्व थपेको छ । आफ्नो कलाकारिता यात्रामा निरन्तरता दिई रहदा प्राप्त हुने यस किसिमको सम्मान र पुरस्कारले म र म जस्तो कलाकर्मीलाई अवश्य उर्जा थप्छ । आफ्ना अग्रजले प्राप्त गर्दै आइरहेको यो पुरस्कार यसपटक मैले पाउने जानकारी पाएसंगै दंग छु । आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिता मार्फत दर्शकहरुलाई अझै मनोरंजन प्रदान गर्नेछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु