• गायक हिमाल सागरको ‘भुलिदेउ’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

    काठमाडौँ । गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्। गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। ब्लड क्यान्सरले पिडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो।

    अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन्। लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन्। शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

    १ महिना अघि ‘तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका पूर्ण र हिमाल सागरको सयुक्त च्यानल ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु