• फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

    धरान। मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गितको छायाकन भैरहेको थियो ।
    वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।” धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छायाकन गरिएको थियो । आखिर के को लागि होला ? बोलको उक्त म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा बादल श्रेष्ठ, र नव कलाकारहरु रबिना केसी र इसिता राईको पनि अभिनय रहेको छ । उक्त गीतमा शब्द रबिन खावाहाङ राईको रहेको छ भने संगीत डा. शरद सिन्हाको रहेको छ । सिल्भर इन्टरटेनमेन्ट्को प्रस्तुती रहेको भिडियोमा क्यामेराम्यान भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन अप्रेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बाबाको मुख हेर्ने दिनमा रिलिज गरिने निर्देशक भीषण राईले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु