बदलिँदो शहरीकरणको उकुसमुकुस ‘सास’

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७८, आईतवार
Kumar Gajurel

काठमाडौं । पछिल्लो समय चलचित्र हलमा प्रदर्शनमा नभए पनि यूट्यूबका भित्ताहरुमा विभिन्न खाले दृश्यहरु देखिने गर्छन् । म्यूजिक भिडियोकै कुरा गर्ने हो भने धेरै भिडियोहरु चलचित्र जस्तै सबै एक्सन र रोमान्सको बीचमा निर्माण भएका हुन्छन् ।
त्यस्तै चलचित्र जस्तै गरेर निर्माण गरिएको म्यूजिक भिडियो सास सार्वजनिक भएको छ । कुमार गजुरेल एण्ड टीमको प्रस्तुतिमा ‘सास’ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । कुमार गजुरेल, मोहन चाम्लिङ, सृष्टि भट्टराई, सजना अधिकारी, बिशाल पुलामी, र प्रेम प्रकाश केसि लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतलाई राजिब बलामीले निर्देशन गरेका हुन।

गायक मनोज राज शिवाकोटीको आवाज मनोज चौलागाईंको म्युजिक एरेञ्ज, तथा कुमार गजुरेल स्वयमको शब्द रहेको उक्त गीतमा जीन्दगीको उतार चडाव अनि बदलिँदो शहरीकरणमा रहने उकुसमुकुसलाई गीतको मुख्य बिषय वस्तुको रुपमा प्रस्तुत गरिएको पाइन्छ। रमा राईको द्वन्द्व निर्देशन रहेको उक्त गीतमा फाईट, डान्स, रोमान्सको सामञ्जस्यता देख्न पाइन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु